खेलकूद
पीएसजीले जित्यो फ्रेन्च कप फुटबलको उपाधि
२०७७ साउन १० गते ८:०२

१० साउन, २०७७ काठमाडौं । पेरिस सेन्ट–जर्मेन ले कोपा डि फ्रान्स अर्थात फ्रेन्च कप फुटबलको उपाधि जितेको छ ।
गएराति भएको फाइनल खेलमा सेन्ट–इटिनेलाई एक(शुन्य गोलले हराउँदै पिएसजीले फ्रेन्च कपको उपाधि उचालेको हो ।
पीएसजीको यो १३ औं पटकफ्रेन्च कपको उपाधि हो । घरेलु मैदानमा नेइमारले गरेको गोल नै पिएसजीको जितका लागि निर्णायक बन्यो । नेइमारले १४ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै ३१ औं मिनेटमा कप्तान लोइक पेरिनले रातो कार्ड पाएर बाहिरिएपछि सेन्ट(इटिएन १० खेलाडीमा सीमित भएको थियो । फाइनल खेलबा रंगशालामा केही दर्शकलाई उपस्थित हुन स्वीकृति दिइएको थियो ।
८१ हजार दर्शक क्षमताको स्टेड डी फ्रान्स रंगशालामा खेल हेर्न ५ हजार दर्शकलाई प्रवेश अनुमति दिइएपनि २ हजार ८ सय ५ जना मात्र उपस्थित थिए ।
प्रतिक्रिया