समाज
प्रदेश १ प्रदेश सभाको बजेट अधिवेशन सकियो
२०७७ साउन ९ गते १८:४९

९ साउन, २०७७ विराटनगर । प्रदेश १ प्रदेश सभाको बजेट अधिवेशन आजबाट अन्त्य भएको छ ।
अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले कोभिड १९ का कारण प्रदेशको नामकरण गर्ने र राजधानीको संरचना निर्माण गर्ने काम अघि बढाउन नसकेको बताउनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता राजिव कोइरालाले प्रदेश सरकारको खर्चको विषयमा महालेखाले डरलाग्दो प्रतिवेदन दिएको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो ।
गत जेठ १३ गते सुरु भएको प्रदेशसभाको अधिवेशनले १० वटा विधेयक पारित गरेको छ ।
प्रतिक्रिया