समाज

सैनिकको कुटाइबाट युवकको मृत्यु भएपछि छानबिन सुरु

हिमालय टिभी
२०७७ साउन ९ गते १४:०५
सैनिकको कुटाइबाट युवकको मृत्यु भएपछि छानबिन सुरु

९ साउन २०७७ काठमाडौं । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सैनिकले कुटेका युवकको मृत्यु भएको विषयमा आन्तरिक छानबिन सुरु गरेको छ ।

नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले आज प्रेस विज्ञप्ति निकालेर घटनाबारे आन्तरिक छानबिन थालिएको जनाएको छ ।

सेनाले अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानबिनमा पनि पूर्ण सहयोग गर्ने स्पष्ट पारेको छ । भरतपुर अस्पतालमा हिजो मृत्यु भएका राप्ती नगरपालिका–२ का २४ वर्षका राजकुमार चेपाङको सेनाको कुटपिटबाट नै मृत्यु भएको परिवारले दावी गर्दै आएका छन् ।

साउन १ गते निकुञ्जमा निगुरो टिप्न र घोँगी खोज्न गएका ७ जना मध्ये ५ जना पुरुषलाई निकुञ्जको सुरक्षामा खटिएका सैनिकले समातेर कुटेका थिए । सेनाको कुटाई खाएर घर फर्केका चेपाङ त्यसलगत्तै विरामी परेपछि अस्पताल लगिएको परिवारको दावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *