खेलकूद
माइक टाइसन ५४ वर्षको उमेरमा पुनः रिङमा उत्रिने पक्का
२०७७ साउन ९ गते १३:३४

९ साउन, २०७७ काठमाडौं । बक्सिङका पूर्व हेविवेट च्याम्पियन माइक टाइसन ५४ वर्षको उमेरमा पुनः रिङमा उत्रिने पक्का भएको छ ।
अमेरिकाको लस एन्जलसमा उनले विभिन्न चारवटा तौल समुहमा विश्व च्याम्पियन बनिसकेका रोय जोन्स जुनियरसँग प्रदर्शनी भिडन्त पक्का गरेका हुन् ।
दुई जना पूर्व च्याम्पियनबीचको प्रदर्शनी फाइट सेप्टम्बर १२ मा तय भएको छ । टाइसनले सन् २००५ मा अन्तिम पटक प्रतिष्पर्धात्मक खेल खेलेका थिए ।
जुन खेलमा उनी आयरल्याण्डका केभिन म्याकब्राइडसँग पराजित भएका थिए । करियरमा कुल ५८ फाइट खेलेका टाइसनको त्यो छैटौं पराजय थियो ।
अमेरिकी बक्सर जोन्स ५१ वर्षका भएका छन् । सन् २०१८ को फेब्रुअरीमा उनी स्कट सिग्मनलाई हराएपछि रिङमा उत्रिएका थिएन् । यो फाइटलाई क्यालिफोर्निया स्टेट एथ्लेटिक कमिसनले अनुमति दिएको छ ।
प्रतिक्रिया