विदेश
छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न चीनको निर्देशन
२०७७ साउन ९ गते १३:००

९ साउन, २०७७ बेइजिङ । चीनले छेङ्दुमा रहेको अमेरिकी वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।
आफ्नो देशको दक्षिण(पश्चिमी शहर छेङ्दुस्थित अमेरिकी दूतावास बन्द गर्न चीनले दिएको निर्देशन हो।
अमेरिकाले टेक्सासको ह्यूस्टनस्थित चीनको वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएपछि चीनको यस्तो निर्णय आएको हो।
चिनियाँ विदेश मन्त्रालयले यसलाई अमेरिकी अनुचित कार्यको प्रतिक्रियाको रूपमा लिइएको उचित र आवश्यक कदम भनेको छ।
यसका साथै चीनले यसका लागि अमेरिका नै सम्पूर्ण रूपले जिम्मेवार रहेको जनाएको छ। छेङ्दुको अमेरिकी वाणिज्य दूतावास सन् १९८५ मा स्थापना भएको थियो ।
प्रतिक्रिया