अन्तिम खेलअघि नै उपाधि जित्ने युमेन्टसको योजना असफल

९ साउन, २०७७ काठमाडौं । अन्तिम खेल अगाडी नै सिरी ए को उपाधि जित्ने युभेन्टसको योजना असफल भएकव छ ।
गएराति भएको खेलमा युभेन्टसलाई उडिनेजेले २(१ ले हरायो । हारसँगै युभेन्टसले उपाधिका लागि अर्को जित कुर्नुपर्ने भएको छ । प्रतिस्पर्धात्मक बनेको खेलको सुरूको ४० मिनेट गोल हुने सकेन ।
खेलको ४२ औं मिनेटमा म्याथिस डी लिग्टको गोलमा युभेन्ट्सले अग्रता लियो । तर, ५२ औं मिनेटमा लिजा नेस्टोरभोस्कीले गोल गरेपछि घरेलु टोली उडिनेजेले खेल १(१ को बराबरीमा पुर्यायो ।
इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २(१ ले अगाडी राखे । बाँकि समयमा युभेन्टस खेलमा फर्कन सकेन र पराजित भयोे । घरेलु टोलिसँग पराजित भएको युभेन्ट्सले ८० अंक जोडेको छ ।
युभेन्ट्स दोस्रो स्थानको एटलान्टा भन्दा ६ अंकले अघि रहेको छ । उडिनेजे ३९ अंक जोडेर १५ औं स्थानमा उक्लिएको छ ।
उडिनेजेलाई हराउँन सकेको भए युभेन्ट्स तीन खेल अगावै च्याम्पियन बन्ने थियो । तर, युभेन्ट्सले च्याम्पियन बन्ने मौका गुमाएको छ । उपाधिका लागि युभेन्ट्सलाई ३ अंकको आवश्यकता रहेको छ ।
प्रतिक्रिया