विदेश
कोरोना संक्रमण घरबाटै बढी हुने गरेको अध्ययनको निष्कर्ष
२०७७ साउन ७ गते १३:१५

७ साउन, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण घरबाटै बढी हुने गरेको एक अध्ययनले देखाएको छ ।
दक्षिण कोरियाका महामारी विज्ञले गरेको अध्ययनले कोरोना भाइरस सार्वजनिक स्थल वा बाहिरी ब्यक्तिबाट भन्दा पनि पारिवारिक सदस्यबाटै बढी सर्ने गरेको देखाएको हो ।
यस्तै अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले गरेको अनुसन्धानले पनि यही कुरा देखाएको छ । एक सय जना संक्रमितमध्ये दुई जना ब्यक्तिमात्र घरबाहिरबाट संक्रमित भएको पुष्टि भएको छ ।
एक सयमध्ये १० जना पारिवारिक सदस्यबाटै संक्रमित भएको पनि सो अध्ययनको निचोड छ ।
यस्तै कोरोना संक्रमित बालबालिकामा लक्षण नदेखिएको पनि अध्ययनले उल्लेख गरेको छ । यो अध्ययन जनवरी देखि मार्चको बीचमा गरिएको थियो ।
प्रतिक्रिया