सुनको भाउमा फेरि कीर्तिमान, १ हजार ३ सय बढेर तोलाको ९४ हजारमा कारोबार

७ साउन, २०७७ काठमाडौं । तोलामा १ हजार ३ सय रुपैयाँ बढेर सुनको भाउले नेपाली बजारमा फेरि कीर्तिमान बनाएको छ ।
सुन आज एकै दिन तोलामा १ हजार ३ सयले वृद्धि हुँदै तोलाको ९४ हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि हिजो सुन ९२ हजार ७ सयमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेका कारण त्यसको असर नेपाली बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १८ सय ५८ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा माग बढे पनि नेपाली बजारमा भने सुनको माग घटेको छ । भाउ बढेको बेला सुन किन्ने भन्दा पनि बेच्ने ग्राहक धेरै आउने गरेको व्यवसायीले बताएका छन् ।
त्यस्तै, चाँदीको मूल्य पनि केही बढेको छ । हिजो प्रतितोला १ हजार ४० मा कारोबार भएको चाँदी आज १ हजार १ सय ३५ पुगेको छ ।
प्रतिक्रिया