एकैदिन विश्वभर २ लाख ३९ हजार बढीमा कोरोना संक्रमण
७ साउन, २०७७ काठमाडौं । विश्वमा कोरोना भाइरसका २ लाख ३९ हजारभन्दा बढी नयाँ संक्रमित भएका छन् ।
गएको २४ घण्टामा विश्वमा २ लाख ३९ हजार ९३ जनामा कोरोना संक्रमण भएको हो । संक्रमण अघिल्लो दिनको तुलनामा पुनः बढेको छ ।
संक्रमित हुने सबैभन्दा बढी अमेरिकामा ६७ हजार १ सय ४० छन् । अमेरिकामा संक्रमित हुनेको संख्या ४० लाख २८ हजार ५ सय नाघेको छ ।
अमेरिकापछि ब्राजिलमा ४४ हजार ८ सय ८७ तथा भारतमा ३९ हजार १ सय ६८ जनामा संक्रमण भयो । भारतमा कोरोना संक्रमित हुने मानिसको संख्या झण्डै १२ लाख नजिक पुगेको छ ।
उता मंगलबार विश्वमा कोरोनाका कारण ५ हजार ६ सय ७८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी ब्राजिलमा १ हजार ३ सय ४६, अमेरिकामा १ हजार १ सय १९ तथा भारतमा ६ सय ७१ जनाले ज्यान गुमाएका छन् ।
हालसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख १८ हजार ४ सय नाघेको छ । त्यस्तै संक्रमित मध्ये ९१ लाख ३ भन्दा बढी उपचारपछि निको भएका छन् ।
प्रतिक्रिया