खेलकूद

इंग्लिस प्रिमियर लीगमा सिटी र एस्टन भिल्ला विजयी

हिमालय टिभी
२०७७ साउन ७ गते ७:५५
इंग्लिस प्रिमियर लीगमा सिटी र एस्टन भिल्ला विजयी

७ साउन, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा म्यानचेस्टर सिटी र एस्टन भिल्ला विजयी भएका छन् ।

प्रिमियर लीग अन्तर्गत सम्पन्न पछिल्लो खेलमा सिटी र एस्टन भिल्लाले आ(आफ्ना खेल जितका हुन् । गएरातिको पहिलो खेलमा सिटीले वाट्फोर्डमाथि ४–० गोलको फराकिलो जित निकाल्यो ।

वाट्फोर्डको घरेलु मैदानमा सिटीको जितमा रहिम स्टरलिङ्ले दुई तथा फिल फोडेन र एम्रिक लापोर्टेले एक(एक गोल गरेका थिए । ३१ औं मिनेटमा स्टरलिङ्ले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ४० औं मिनेटमा स्टरलिङको पेनाल्टी प्रहार वाट्फोर्डका गोलकिपरले बचाएपनि उनले रिबाउन्डमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि सिटीका लागि ६३ औं मिनेटमा फोडेनले र ६७ औं मिनेटमा लापोर्टेले गोल गरेका थिए । जितपछि दोस्रो स्थानको सिटीले ३७ खेलबाट ७८ अंक जोडेको छ । उता समान खेलबाट वाट्फोर्ड ३४ अंक जोडे्दै १७ औं स्थानमा रहेको छ ।

लीग अन्तर्गत अर्को खेलमा एस्टन भिल्लाले आर्सनललाई १(० गोलले पराजित गर्‍यो । घरेलु मैदानमा भिल्लाको जितमा २७ औं मिनेटमा ट्रिजेक्वेटले गरेको गोल नै निर्णायक रह्यो ।

जितपछि भिल्ला रेलिगेशन जोनभन्दा एक स्थान माथि उक्लिएको छ । ३७ खेलबाट ३४ अंकसहित भिल्ला १७ औं स्थानमा उक्लिएको हो । उसले समान अंक भएको वाट्फोर्डलाई पछि पारेको हो । पराजित भएको आर्सनल ३७ खेलबाट ५३ अंकसहित १० औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्