समाज
भूमिहीन मुस्लिम परिवारलाई जग्गा उपलब्ध गराउन मुस्लिम आयोगको माग
२०७७ साउन ६ गते १६:५६

६ साउन, २०७७ काठमाडौं । मुस्लिम आयोगले भूमिहीन मुस्लिम परिवारलाई जग्गा उपलब्ध गराउन माग गरेको छ ।
आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीसँग छलफल गरी भूमिहिन मुस्लिम समुदायलाई जग्गा उपलब्ध गराउन माग गर्नुभएको हो ।
अहिले पनि १४ लाख भन्दा बढी भूमिहीनलाई जग्गा दिने खाका तयार हुँदा समेत भूमिहिन मुस्लिम समुदाय नपरेको गुनासो गर्नुभयो ।
आयोगले देशभर ७० हजार भन्दा बढी मुस्लिम परिवार भूमिहिन भएकोले प्राथमिकतामा राखेर समस्या समाधान गर्न आग्रह गरेको छ ।
भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले सबै समूदायका भूमिहीनलाई जग्गा दिने र त्यसमा मुस्लिम समुदाय पनि पर्ने बताउनुभयो ।
प्रतिक्रिया