खेलकूद

मुख्य प्रशिक्षक र प्रदेश प्रशिक्षकका लागि सूचना जारी गर्ने तयारीमा क्यान

हिमालय टिभी
२०७७ साउन ६ गते १४:४२
मुख्य प्रशिक्षक र प्रदेश प्रशिक्षकका लागि सूचना जारी गर्ने तयारीमा क्यान

६ साउन, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकसहित सबै प्रदेशका एक एक जना प्रशिक्षकका लागि एक हप्ताभित्र सूचना जारी गर्ने भएको छ ।

संघलाई आवश्यक मुख्य प्रशिक्षक महाप्रबन्धक, वित्तप्रबन्धक, व्यवस्थापकको पदपूर्तिका लागि आईसीसीसँग समन्वय गरी एक हप्ताभित्र सूचना प्रकाशित गर्ने क्यानले विज्ञप्तीमार्फत जानकारी दिएको हो ।

त्यस्तै प्रादेशिक क्रिकेट संघ मातहत रहनेगरी हाललाई सात जना प्रशिक्षकका लागि पनि क्यानले दरखास्त आह्वान गर्ने जानकारी दिएको छ ।

विज्ञप्तीमा मुलपानी क्रिकेट मैदानका लागि ६ जना मैदान कर्मचारी तथा पोखरा, भैरहवा र वीरगञ्ज क्रिकेट मैदानका लागि एक एक जना पिच क्युरेटर नियुक्त गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

त्यस्तै, विक्रम न्यौपानेलाई टोलीको पूर्णकालीन फिजियो र तत्कालका लागि टोलीको समन्वय र व्यवस्थापनको जिम्मेवारी समेत दिइएको छ ।

केन्द्रीय सदस्य जयन्ती भट्टको संयोजकत्वमा महिला क्रिकेट विकास समिति गठन गर्ने क्यानको निर्णय छ । अशोकनाथ प्याकुरेलद्धारा जारी विज्ञप्तीमा भदौ १५ भित्र बार्षिक साधारण सभा गर्ने क्यानले निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्