अन्तर्वार्ता

समय चिनेर योजना बनाए कोरोना संकट अवसर बन्न सक्छः सुरज वैद्य, पूर्व अध्यक्ष, उद्योग वाणिज्य महासंघ (भिडियो)

हिमालय टिभी
२०७७ साउन ६ गते १४:३१
समय चिनेर योजना बनाए कोरोना संकट अवसर बन्न सक्छः सुरज वैद्य, पूर्व अध्यक्ष, उद्योग वाणिज्य महासंघ (भिडियो)

६ साउन, २०७७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले नेपालले समय पहिचान गर्न सक्ने र योजना बढाएर काम गर्न सके कोरोना संकट नेपालका लागि क्षतिभन्दा अवसर हुने बताउनु भएको छ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै उहाँले सरकार गम्भीर बन्न सके नेपालको अर्थतन्त्रलाई फरक ढंगले अगाडि बढाउने सही समय भएको बताउनुभयो ।

उहाँले देशमा दुई तिहाएको सरकार हुँदा पनि लगानीको वातावरण बनाउन नसकेको गुनासो गर्दै जनताको मतले जतिसुकै बलियो सरकार बने पनि कर्मचारीतन्त्र नसुध्रेसम्म देश विकास हुन नसक्ने बताउनुभयो ।

पूर्व अध्यक्ष वैद्यले कोरोनाको समयमा नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचन हुनु गलत भएको बताउनुभयो । उहाँले अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्रको हितमा रहेपनि यहाँ विरोध भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्