आर्थिक

शिवम् सिमेन्टको ‘शिवम् मोबाइल एप’ सार्वजनिक

हिमालय टिभी
२०७७ साउन ५ गते १७:४६
शिवम् सिमेन्टको ‘शिवम् मोबाइल एप’ सार्वजनिक

५ साउन, २०७७ काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम् मोबाइल एप’ सार्वजनिक गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गरी मोबाइल एप सार्वजनिक गरिएको हो । शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्रकुमार गोयलले मोबाइलमा ‘‘शिवम् मोबाइल एप’’ डाउनलोड गरी सहज र सरल रुपमा ओपीसी सिमेन्ट अर्डर गर्न सक्ने बताउनुभयो ।

एपका माध्यमबाट गरेको अर्डर उचित मूल्यमा समयमै तोकिएको स्थानमा डेलिभरी दिने समेत उहाँले बताउनुभयो ।

शिवम् सिमेन्ट एप गुगल प्ले स्टोर तथा आईओएस एप स्टोरबाट डाउनलोड गरी सहजै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

सिमेन्ट अर्डर गरेपछि मोबाइल खल्ती, इसेवा, कनेक्ट आईपिएस वा क्यास अन डेलिभरीको माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *