समाज

मास्क नलगाउँदा कारबाही मात्र होइन, मास्क वितरण पनि गर्छन् प्रहरी (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन ५ गते १७:२५
मास्क नलगाउँदा कारबाही मात्र होइन, मास्क वितरण पनि गर्छन् प्रहरी (भिडियोसहित)

५ साउन, २०७७ विराटनगर । मास्क नलगाएको भनेर नागरिक भटाभट प्रहरी कार्वाहीमा परिरहेका छन । तर मोरङमा भने फरक दृश्य देखिएको छ । प्रहरीले मास्क नलगाउनेलाई कार्वाही होइन, कोरोना कहरबाट बचाउन मास्क वितरण गरिरहेको छ ।

मास्क वितरणको एक हप्ते अभियान सञ्चालन गरी जिल्लास्थित सुरक्षा निकायका प्रमुख नै मास्क प्रयोग गर्न प्रोत्साहित गरिरहेका छन् ।

यो विराटनगरको हनुमान मन्दिर अगाडीको व्यस्त सडक हो । यहाँ प्रहरीका उच्च अधिकारी सडकमा उभिएर मास्क वितरण गरिरहेका छन । विना मास्क शहर बजारमा निस्किने नागरिकलाई रोक्छन र मास्क दिँदै त्यसको फाइदा बारे सिकाउँछन ।

विभिन्न सामाजिक संघ संस्थाको सहयोगमा प्राप्त मास्क प्रहरीले बढी भिडभाड हुने क्षेत्रमा पुगेर वितरण गर्दै आएको छ । कोरोनाको महामारीबाट बच्न–बचाउन सबैको सहयोग आवश्यक पर्ने भएकाले प्रहरी जवानदेखि उच्च अधिकृतसमेत यो अभियानमा खटिएका छन ।

गृहमन्त्रालयले मास्क नलगाई घरबाट निस्किएमाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । र, त्यसै अनुसार ठाउँ ठाउँमा कारवाही पनि भएको छ । तर मोरङ प्रहरीले भने पहिला सचेतना अनि कार्वाही भन्ने नीति अख्तियार गरेको छ ।

पहिला स्वास्थ्य सचेतना अनि कार्वाही भन्ने मोरङ प्रहरीको नीतिले प्रहरी प्रति नागरिकको धारणा परिवर्तन गर्न केही हदसम्म मद्धत पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *