समाज

पाल्पामा कोरोना संक्रमितको संख्यामा कमी आउँदै

हिमालय टिभी
२०७७ साउन ५ गते १३:३०
पाल्पामा कोरोना संक्रमितको संख्यामा कमी आउँदै

५ साउन, २०७७, पाल्पा । विदेशबाट आउनेको संख्यामा कमी आउनु र उपचारमा रहेका पनि निको हुने क्रम बढेपछि पाल्पामा कोरोना
संक्रमितको संख्यामा कमी आएको छ ।

पाल्पामा ५ सय ५६ संक्रमितमध्ये ५ सय १६ जना निको भइसकेका छन् बाँकी ४० जना विभिन्न आइसोलेशन सेन्टरमा छन् । उपचाचारत संक्रमितको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाल्पमा तीन हजार तीन सयभन्दा बढीको पीसीआर परीक्षण गरिएको छ । पाल्पामा पूर्वखोलाका एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *