समाज
गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ साउन ५ गते १३:१७

५ साउन, २०७७, पोखरा । गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ३ सय १७ पुगेको छ ।
कास्की, तनहुँ, लमजुङ र स्याङ्जामा नयाँ संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिकाका ८, तनहुँ शुक्लागण्डकी र भानु नगरपालिकामा १र१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै स्याङजा गल्याङ नगरपालिका र लमजुङ सुन्दरबजार नगरपालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक विनोद बिन्दु शर्माले जानकारी दिनुभयो । प्रदेशमा आज सम्म एक हजार ८ सय २४ जना क्वारन्टिनमा छन ।
प्रतिक्रिया