विदेश

एकैदिन भारतमा ४० हजार बढी कोरोना संक्रमित

हिमालय टिभी
२०७७ साउन ५ गते ८:२३
एकैदिन भारतमा ४० हजार बढी कोरोना संक्रमित

५ साउन, २०७७, नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ४० हजार २ सय ४३ जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।

भारतमा एक दिनमै संक्रमित हुने मानिसको संख्या हालसम्मकै धेरै हो । यसघि त्यहाँ शनिबार सबैभन्दा बढी ३७ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको थियो । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ११ लाख १८ हजार १ सय ७ पुगेको छ । भारत संक्रमित हुने सूचिमा विश्वको तेस्रो स्थानमा छ ।

त्यस्तै त्यहाँ अहिलेसम्म ७ लाख भन्दा बढी संक्रमणमुक्त भैसकेका छन् । उता अमेरिकामा थप ६५ हजार २ सय ७९ तथा ब्राजिलमा २४ हजार ६ सय ५० जनामा संक्रमण पुष्टि छ । आइतबार विश्वभर २ लाख २० हजार ७३ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या अघिल्लो दिनको तुलनामा केही कम हो ।

यस्तै आइतबार विश्वभर कोरोनाका कारण ४ हजार ३ सय १६ जनाको मृत्यु भएको छ। मृत्यु हुने सबैभन्दा ब्राजिलमा ७ सय १६ जना छन् ।

त्यस्तै भारतमा ६ सय ७५, मेक्सिकोमा ५ सय ७८ तथा अमेरिकामा ४ सय १२ जनाले ज्यान गुमाए । कोरोनाका कारण विश्वभर अहिलेसम्म ६ लाख ८ हजार भन्दा बढीको मृत्यु भैसकेको छ भने ८७ लाख ३० हजार बढी उपचारपछि निको भैसकेका छन् ।

उता मेक्सिकोमा आज थप ५ हजार ३ सय ११ जनामा संक्रमण हुँदा २ सय ९६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *