समाज
मागअनुसार सडक र पुल बनाउने क्षमता सरकारसँग छैनः मन्त्री नेम्वाङ
२०७७ साउन ४ गते १८:५१

४ साउन, २०७७ काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले माग अनुसार सडक र पुल बनाउने क्षमता सरकारसँग नभएको बताउनु भएको छ ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री नेम्वाङले अहिले १ हजार ५ सयभन्दा बढी पुल निर्माणका क्रममा रहेको र वार्षिक २ सय पुल मात्र बनाउने क्षमता भएको बताउनुभयो ।
बैठकमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले माग अनुसारका पुल निर्माण गर्न मन्त्रालयसँग पर्याप्त बजेट नहुँदा पनि सबै पुल निर्माण गर्ने क्षमता नभएको बताउनुभयो ।
उहाँले सबै निर्माण व्यवसायीसँग एकैपटक सबै पुल निर्माण गर्ने क्षमता नभएको पनि बताउनुभयो ।
प्रतिक्रिया