खेलकूद

प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी

हिमालय टिभी
२०७७ साउन ३ गते १७:४१
प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर ब्याडमिन्टन खेलाडी

३ साउन, २०७७ काठमाडौं । ब्याडमिन्टन एसियाले नेपाली युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको जनाएको छ ।

एसिया ब्याडमिन्टनले प्रिन्सको बारेमा संक्षिप्त लेख लेख्दै वर्तमान अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो ।

विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स सातौं स्थानमा छन् । यो नेपालका युवा ब्याडमिन्टन खेलाडीले प्राप्त गरेको अहिलेसम्म ठूलो उपलब्धी हो ।

ब्याडमिन्टन एसियाले हरेक हप्ता एसिया क्षेत्रका उत्कृष्ट खेलाडीको लेख सार्वजनिक गर्ने क्रममा यो साता नेपालका प्रिन्सको आलेख सार्वजनिक गरेको हो ।

प्रिन्सले जुनियर स्तरमा दुई अन्तर्राष्ट्रिय उपाधि जितिसकेका छन् भने अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलेका छन् । दार्चुलाको खलंगामा जन्मिएका प्रिन्सले उमेर समूहमा आफूलाई अब्बल सावित गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्