अन्तर्वार्ता
निजी विद्यालयले सरकारसँग भएको सहमति भंग गरेः शिक्षामन्त्री पोखरेल
२०७७ साउन ३ गते १६:५३
काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालय सञ्चालकहरुले सरकारसँग भएको सहमति एकतर्फी उल्लंघन गरेको बताउनु भएको छ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै मन्त्री पोखरेलले व्यवसायीहरुसँग पटकपटक भएको वार्तामा सहमति भएर उनीहरुका माग सम्बोधन गर्ने गरी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिसकेको अवस्थामा सहमति उल्लंघन गरेर अनलाइन शिक्षा बन्द गरेको बताउनु भयो ।
अहिले सञ्चालन गरिरहेको शिक्षण प्रणालीलाई साउन दोस्रो हप्तादेखि शैक्षिक सत्रसँग जोडेर पठनपाठन गराउने उहाँको भनाइ छ । अहिले भइरहेको सिकाईलाई पछिको शैक्षिक सत्रसँग जोड्ने गरी मूल्यांकन हुने मन्त्री पोखरेलले बताउनु भयो ।
प्रतिक्रिया