खेलकूद

इंग्लिस प्रिमियर लीगः वेष्टह्याम रेलिगेशनबाट जोगिने पक्का

हिमालय टिभी
२०७७ साउन ३ गते ७:४०
इंग्लिस प्रिमियर लीगः  वेष्टह्याम रेलिगेशनबाट जोगिने पक्का

३ साउन, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा वेष्टह्याम रेलिगेशनबाट जोगिने लगभग पक्का भएको छ ।

लीग अन्तर्गत गएराति वाटफोर्डलाई ३(१ गोलले पराजित गरेको वेष्टह्याम रेलिगेशनबाट जोगिने भएको हो । वेष्टह्यामले घरेलु मैदानमा पहिलो हाफमै तीन गोल गरेको थियो ।

छैठौं मिनेटमै मिकेल एन्टोनियोको गोलसँगै वेष्टह्यामले खेलमा अग्रता बनाएको थियो । त्यसपछि वेष्टह्यामका लागि १० औं मिनेटमा टोमस सुचेक तथा ३६ औं मिनेटमा डेक्लन राइसले गोल गरेका थिए।

वाट्फोर्डका लागि ट्रोय डिनीले ४९ औं मिनेटमा सान्त्वना गोल फर्काए । जितपछि १५ औं स्थानमा उक्लिएको वेष्टह्यामको ३६ खेलबाट ३७ अंक भएको छ। उता समान खेलबाट वाट्फोर्ड ३४ अंकसहित १७ औं स्थानमा छ ।

यसैबीच लिड्स युनाइटेड इंग्लिस प्रिमियर लीगमा बढुवा भएको छ । १६ वर्षपछि पुनः शीर्ष लीगमा फर्किएको लिड्सले आगामी सिजनको प्रिमियर लीग खेल्ने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्