विदेश
भारतमा कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण सुरु
२०७७ साउन २ गते १८:४१
२ साउन, २०७७, नयाँ दिल्ली । भारतमा कोरोनाविरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।
आज तीन जना स्वयंसेवकलाई खोप दिइएको छ । खोप लगाएकामा अहिले सम्म कुनै नकारात्मक असर नदेखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजका अनुसार भारत बायोटेक कम्पनीले बनाइरहेको खोप मुसा र खरायोमा सफल परीक्षण भइसकेको छ । यो खोपले नकारात्मक असर नगरेको पनि मन्त्रीले बताएका छन् ।
भारतको नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी, इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च र भारत बायोटेकको सहकार्यमा विकास गरिएको खोपको नाम को(भ्याक्सिन राखिएको छ ।
भारत बायोटेकले यसअघि एच वन नाइन वान, पोलियो, मेनेन्जाइटिज, निमोनिया, रुबेला, रोटा भाइरस जस्ता रोगविरुद्धको खोप बनाएको थियो ।
प्रतिक्रिया