खेलकूद

गणेश थापा र उनका छोराद्वारा खेल पत्रकार तिमल्सिनामाथि दुर्व्यवहार

हिमालय टिभी
२०७७ साउन २ गते १७:१६
गणेश थापा र उनका छोराद्वारा खेल पत्रकार तिमल्सिनामाथि दुर्व्यवहार

२ साउन, २०७७ काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका का पूर्व अध्यक्ष गणेश थापा र उनका छोरा अभिषेक थापाले हाम्रो खेलकुद डटकमका सम्पादक प्रकाश तिमल्सिनामाथि दुर्व्यवहार गरेका छन् ।

समाचार संकलनको क्रममा बिहीबार सम्पादक तिमल्सिनामाथि अभद्र ब्यवहार भएको हो ।

बिहिबार साँझ समाचारका फोन वार्ता गर्ने क्रममा थापाले गाली गलौज सहित अभद्र ब्यवहार नेपाल खेलकुद पत्रकार मञ्चले जनाएको छ ।

यस्तै थापाका छोरा अभिषेकले पत्रकार तिमल्सिनासँग थापाथली स्थित कार्यालय परिषरमै गएर वादविवाद गरेका छन । मञ्चले विज्ञप्ति निकाल्दै घटनाको भर्त्सना गरेको छ ।

मञ्चले घटनाप्रति नेपाल सरकार, नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ एआईपीएस र एआईपीएस एसियाको समेत ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्