खेलकूद

रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

हिमालय टिभी
२०७७ साउन २ गते १४:०६
रियल मड्रिडलाई स्पेनिस ला लिगाको उपाधि

२ साउन, २०७७ काठमाडौं । भिल्ला रियललाई २–१ ले हराउँदै रियल मड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

गएराति भिल्लारियललाई हराउँदै रियलले एक खेलअघि नै ३४ औं पटक लिगको उपाधि जितेको हो । घरेलु मैदानमा रियलले पहिलो र दोस्रो हाफमा एक एक गोल गर्यो ।

दुवै गोल करिम बेञ्जिमाले गरे । २९ औं मिनेटमा पहिलो गोल गरेका बेन्जिमाले र ७३ औं मिनेटमा दोस्रो गोल गरे । सर्जियो रामोसलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई बेन्जिमाले सदुपयोग गरे ।

भिल्ला रियलका लागि ८३ औं मिनेटमा भिसेन्ट इबोर्राले गोल गरे । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र रियाल विजयी भयो । बार्सिलोना भने घरेलु मैदानमा ओसासुनासँग दुई एकले पराजित भयो ।

बार्सिलोनाको हारमा पाहुना टिमका लागि जोसे अर्नाइजले पहिलो गोल गरेका थिए । ६२ औं मिनेटमा मेस्सीले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरी गरेपनि हारबाट जोगिन भने सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्