समाज

साइबर अपराध गरेको आरोपमा तीन जना सरकारी कर्मचारी पक्राउ

हिमालय टिभी
२०७७ असार ३१ गते १८:५५
साइबर अपराध गरेको आरोपमा तीन जना सरकारी कर्मचारी पक्राउ

३१ असार, २०७७, धनकुटा । साइबर अपराध गरेको आरोपमा धनकुटा स्थित शहरी विकास तथा भवन निर्माण डिभिजन प्रदेश कार्यालयका कम्प्युटर अपरेटर पक्राउ परेका छन् ।

काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रदेश कार्यालयका कम्प्युटर अपरेटर दिवाकर देउजासहित ३ जनालाई पक्राउ गरेको हो ।

नेपाल टेलिकम केन्द्रीय कार्यालय काठमाडौंको उजुरीका आधारमा सीआईबीको टोली धनकुटा पुगेको थियो । पक्राउ परेका ३ मध्ये सव इन्जिनियर र कार्यालय सहयोगीलाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा रहने गरी छाडिएको छ ।

नेपाल टेलिकमको एप्स चोरी गरेर ग्राहकलाई व्यालेन्स रकम ट्रान्सफर गरी ठगी गरेको आरोपमा सीआईबीले छानबीन गरिरहेको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *