आर्थिक

नेपालमा सरकारी बेरुजुको अवस्थामा सामान्य सुधार, कुनमा बढी बेरुजु ?

हिमालय टिभी
२०७७ असार ३१ गते १८:५०
नेपालमा सरकारी बेरुजुको अवस्थामा सामान्य सुधार, कुनमा बढी बेरुजु ?

३१ असार, २०७७ काठमाडौं । नेपालमा सरकारी बेरुजुको अवस्थामा सामान्य सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७५–०७६ को कुल बेरुजु मध्ये ९७ प्रतिशत मुख्य दश मन्त्रालयमा देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज बुझाएको प्रतिवेदनमा आर्थिक वर्ष २०७५्०७६ मा कुल बेरुजु रकम १ खर्ब ३२ अर्ब ९९ करोड ५९ लाख रुपैयाँ रहेको उल्लेख छ ।

सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयको १९ अर्ब ६ करोड ६८ लाख रुपैयाँ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १४ अर्ब, रक्षा मन्त्रालयको ९ अर्ब, प्रधानमन्त्री कार्यालयको ४ अर्ब, खानेपानी मन्त्रालयको ४ अर्ब २८ करोड तथा सहरी विकास मन्त्रालयको ३ अर्ब ३४ करोड रुपैयाँ बेरुजु छ । आर्थिक वर्ष २०७५(०७६ सम्म कुल बेरुजु रकम ६ खर्ब ६४ अर्ब ४४ करोड पुगेको छ ।

महालेखापरी क्षकको कार्यालयले आर्थिक वर्ष २०७५्०७६ मा कुल ५ हजार ६ सय १९ निकायको ५१ खर्ब ७१ अर्ब ६४ करोड बराबरको लेखापरीक्षण गरेको छ ।

जसमध्ये संघीय मन्त्रालय तथा निकायतर्फ ३ हजार १ सय २० कार्यालय, जिल्ला समन्वय समिति ७७, प्रदेश मन्त्रालयको १ हजार कार्यालय मध्ये ९ सय ९८ र ७ सय ५३ स्थानीयतह मध्ये ७ सय ४३ को लेखा परीक्षण भएको छ ।

त्यस्तै ४ वटा स्थानीय तहले बक्यौता लेखापरीक्षण गराएका छन् । यस्तै समिति तथा अन्य संस्था ५ सय ७७, संगठीत संस्था ९३ निकायको वित्तीय लेखा परीक्षण भएको महालेखापरीक्षकको कार्यालयको ५७ औं प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *