उपेन्द्रमान सिंहले दिए सहायक प्रशिक्षक पदबाट राजीनामा

३१ असार, २०७७ काठमाडौं । राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले राष्ट्रिय खेलकूद परिषदको सहायक प्रशिक्षकबाट राजीनामा दिएका छन् ।
यस्तै पूर्व तेक्वान्दो खेलाडीहरु दीपक विष्ट र संगीना वैद्यले तेक्वान्दो संघबाट राजिनामा दिएका छन् ।
हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐनमा कुनै पनि व्यक्तिले राखेप कर्मचारी र खेल संघमा दोहोरो जिम्मेवारी लिन नपाउने व्यवस्था गरेपछि उनीहरुले एउटा भूमिका त्यागेका हुन् ।
अखिल नेपाल फुटबल संघ एन्फामा उपाध्यक्ष समेत रहेका उपेन्द्रमान सिंहले सहायक प्रशिक्षक त्यागेर एन्फा उपाध्यक्ष रोजेका हुन् ।
यस्तै राखेपमा प्रशिक्षकका रुपमा रहेका ओलम्पियन दीपक विष्टले तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीना संघकै सदस्यको भूमिका त्यागेर प्रशिक्षक रोजेका हुन् ।
उनीहरु तीनै जनाले सम्बन्धित संघमा राजिनामा बुझाएर र त्यसको बोधार्थ राखेपलाई दिएका छन् ।
प्रतिक्रिया