अन्तर्वार्ता
प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको परराष्ट्र नीतिमाथि नै प्रश्न उठायोः डा. महत, सहमहामन्त्री, कांग्रेस (भिडियोसहित)
२०७७ असार ३१ गते १४:०९

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका सह महामन्त्री डाक्टर प्रकाशशरण महतले प्रधानमन्त्रीका पछिल्ला विवादित अभिव्यक्तिले नेपालको विदेश नीति मै प्रश्न उठाएको बताउनु भएको छ ।
हिमालय टेलिभिजनसँगको कुराकानीमा उहाँले रामको जन्मभूमि अयोध्या नेपालमा पर्छ भनेर दिएको अभिव्यक्ति गलत भएको बताउनुभयो । तर कुनै संस्थाले अध्ययन गर्न भने उपयुक्त विषय भएको उहाँको भनाइ छ ।
कांग्रेस केन्द्रीय समितिले गठन गरेको कोभिड–१९ अनुगमन समितिका संयोजकसमेत रहनु भएका सहमहामन्त्री डा. महतले सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा असफल भएको दाबी गर्नु भयो ।
सरकारले स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको कुरासमेत कसैले लुकाएर लुक्न नसक्ने बताउनु भयो ।
प्रतिक्रिया