सिंचाई कार्यालय दिक्तेलका प्रमुख नारायणकाजी श्रेष्ठ घुस लिँदालिँदै पक्राउ
२०७७ असार ३० गते १६:०५

३० असार, २०७७, खोटाङ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायणकाजी श्रेष्ठ घुससहित पक्राउ परेका छन् ।
निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो ।
डिभिजन प्रमुख नारायण काजी श्रेष्ठलाई सेवाग्राहीबाट नौ लाख चौतीस हजार घुस लिएको अवस्थामा जिल्ला खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी न–पा––१ स्थित वेसक्याम्पभित्र रहेको निजकै निवासबाट उक्त घुस रकमसहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ। यस बारेमा थप अनसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया