समाज

लकडाउन अवधिको मासिक २५ हजार पाउनुपर्ने भन्दै नाई श्रमिक आन्दोलनमा

हिमालय टिभी
२०७७ असार ३० गते १४:४८
लकडाउन अवधिको मासिक २५ हजार पाउनुपर्ने भन्दै नाई श्रमिक आन्दोलनमा

३० असार, २०७७ काठमाडौं । श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना जनही २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने लगायतका मागसहित नाईं व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

नेपाल नाई ट्रेड युनियनले आज माइतीघरमा प्रदर्शनसमेत गरेको छ । युनियनले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लक डाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, देशभरीका श्रमिकलाई निःशूल्क पीपीई सेट उपलब्ध गराउनुपर्ने, ५० लाख बराबरको जीवन बीमाको व्यवस्था गर्नुपर्ने लगायतका माग गरेको छ ।

कोरोना नियन्त्रणमा १० अर्बभन्दा बढी रकम सरकारले खर्च गरेको बताए पनि आफुहरुले १० रुपैयाँको राहतसमेत नपाएको नाई व्यवसायी र श्रमिकको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *