निर्णायक काम गर्न नसके कोरोनाले अवस्था थप खराब बनाउने डब्ल्यूएचओको चेतावनी

३० असार, २०७७ काठमाडौं । कोरोना भाइरसविरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब हुने भन्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।
डब्ल्यूएचओ प्रमुख डाक्टर टेड्रोज अद्हानोम गेब्रिसियसले विभिन्न देश गलत दिशामा अघि बढिरहेको भन्दै कोरोना भाइरसविरुद्ध निर्णायक काम गर्न नसके अवस्था थप खराब र भयावह हुने चेतावनी दिएका छन् ।
धेरै देशहरु खराब दिशामा गइरहेका भन्दै उनले चिन्ता समेत व्यक्त गरेका छन् । दैनिक कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको भएपनि अधिकांश देशले लकडाउन खुकुलो पारिरहेको तथा परीक्षण घटाइरहेको उनले बताए।
संक्रमण रोक्न अनि नियन्त्रणका लागि प्रभावकारी हुने भनेर प्रमाणित भएका उपाय बेवास्ता गरिएका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको उहाँको भनाइ छ ।
व्यक्तिगत दूरी, लगातार हात धुनु तथा मास्क लगाउनु अनिवार्य भएपनि धेरै देशका सरकार र नागरिकले यसलाई बेवास्ता गरेको उहाँले बताए । यस्तै उनले निकट भविष्यमा विश्व पुरानै सामान्य अवस्थामा फर्किने सम्भावना समेत न्यून रहेको बताए ।
प्रतिक्रिया