छुरा प्रहारबाट रामेछापमा एक जनाको मृत्यु, दुई जना घाइते

३० असार, २०७७, मन्थली । रामेछापको मन्थलीमा छुरा प्रहार गरी एक जनाको हत्या भएको छ । २ जना घाइते भएका छन् ।
मन्थली नगरपालिका वडा नम्बर २ कठजोरमा ५० बर्षिय दिलबहादुर श्रेष्ठले गाउँमा झारफुक गरेर घर फर्कदै गरेका बिनोदकुमार श्रेष्ठको छुरा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
कोखमा छुरा लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई मन्थली स्थित तामाकोशी अस्पताल पुर्याइएकोमा उपचारका क्रममा मृत्यू भएको थियो । छुरा प्रहारबाट ३५ बर्षिय नारायण श्रेष्ठ र २५ बर्षिय प्रेमबहादुर श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
नारायणलाइ थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ । प्रेमको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । हत्यामा संम्लग्न दिलबहादुर श्रेष्ठलाई प्रहरीले राति नै पक्राउ गरेको छ । उनी मानसिक रोगका विरामी रहेको बताइएको छ ।
प्रतिक्रिया