समाज

पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

हिमालय टिभी
२०७७ असार ३० गते १२:५०
पहिरोका कारण बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

३० असार, २०७७ बुटवल । लगातारको वर्षासँगै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अझै अवरुद्ध रहेको छ ।

वर्षासँगै पाल्पाको तिनाउ गाउँपालिका(३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोसँगै ठूला ढुंगा खसेकाले सोमबार साँझदेखि नै सवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अवरुद्ध पाल्पा बुटवल सडकको पहिरो हटाउने काम भइरहेको छ । सडक खुलाउन अझै केही घण्टा लाग्ने ट्राफिक प्रहरी बुटवलले जनाएको छ ।

यस्तै नवलपरासीको बर्दघाट सुस्ता पूर्व दाउन्नेमा पहिरोले पूर्व(पश्चिम राजमार्ग अवरूद्ध भएको छ। नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ मा पर्ने विश्वकर्मा बाबाको मन्दिर नजिक पहिरो खसेको छ ।

पहिरोसँगै खसेको रुखले बा १४ च ७०२० नम्बरको कार र ना ६ ख १५५९ नम्बरको ट्रक च्यापिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *