विदेश

भारत, अमेरिका र ब्राजिलमा कोरोना संक्रमण नियन्त्रणबाहिर

हिमालय टिभी
२०७७ असार ३० गते ८:२९
भारत, अमेरिका र ब्राजिलमा कोरोना संक्रमण नियन्त्रणबाहिर

३० असार, २०७७ काठमाडौं । अमेरिका, भारत र ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्यामा अझै कमी आउन सकेको छैन ।

गएको २४ घण्टामा अमेरिका, भारत र ब्राजिलमा सबैभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सबैभन्दा बढी अमेरिकामा ६५ हजार ४ सय ८८ जना संक्रमित भएका छन् ।

अमेरिकाको फ्लोरिडामा १२ हजार ६ सय २४, टेक्सासमा ९ हजार १ सय ५६ तथा क्यालिफोर्नियामा ८ हजार ३ सय ५० जना संक्रमित थपिए । अमेरिकामा संक्रमित हुने मानिसको संख्या ३४ लाख ७९ हजार नाघेको छ ।

त्यस्तै सोमबार भारतमा २८ हजार १ सय ७९ जना कोरोना संक्रमित भएका छन् । भारतमा संक्रमित हुनेको संख्या अघिल्लो दिनको तुलनामा घटेको हो । अघिल्लो दिन त्यहाँ हालसम्मकै उच्च २९ हजार १ सय ८ जना संक्रमित भएका थिए ।

भारतमा अहिलेसम्म ९ लाख ७ हजार ६ सय ४५ जना संक्रमित पुगेका छन् । यस्तै ब्राजिलमा २१ हजार ७ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार विश्वमा एक लाख ९५ हजार ८ सय ७८ जना संक्रमित भएका छन् ।

त्यस्तै गएको २४ घण्टामा विश्वभर ३ हजार ७ सय ३१ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी ब्राजिलमा ७ सय ७० जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ हजार ९ सय नाघेको छ । त्यस्तै भारतमा ६ सय ४० तथा अमेरिकामा ४ सय ६५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *