खेलकूद

रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक

हिमालय टिभी
२०७७ असार ३० गते ८:२०
रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक

३० असार, २०७७ काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फूटबलको उपाधिको थप नजिक पुगेको छ ।

ग्रानाडालाई २१ गोलले पराजित गर्दै रियल उपाधिको थप नजिक पुगेको हो । ग्रानाडाको मैदानमा सम्पन्न खेलमा रियलको जितमा फेर्ल्याण्ड मेन्डी र करिम बेन्जिमाले एक(एक गोल गरे ।

ग्रानाडाका लागि डार्विन माचिसले एक गोल गरे । १० मिनेटमै मेन्डीले गोल गर्दै रियललाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि १६ औं मिनेटमा बेन्जिमाको गोलसँगै रियलको अग्रता दोब्बर भएको थियो ।

ग्रानाडाका तर्फबाट माचिसले ५० औं मिनेटमा गोल फर्काएका थिए । रियलले अब लीगमा दुई खेलमा बाँकी रहँदा दुई अंक जोडे उपाधि उचाल्ने छ ।

जितसँगै शीर्ष स्थानको रियलले दोस्रो स्थानको बार्सिलोनासँगको अंक दूरी फेरि चार अंकले बढाएको छ । रियलको ३६ खेलबाट ८३ अंक हुँदा समान खेल खेलेको बार्सिलोनाको ७९ अंक रहेको छ ।

ला लिगा अन्तर्गत गएराति भएका अन्य खेलमा रियल सोसिडाडले भिल्लारियाललाई २(१ ले हराउँदा गेटाफे र अलाभेस गोलरहित बराबरीमा रोकिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्