कला/मनोरञ्जन

तीज गीत ‘बेसारे माया’ सार्वजनिक

हिमालय टिभी
२०७७ असार २९ गते २०:०१
तीज गीत ‘बेसारे माया’ सार्वजनिक

काठमाडौं । तीज नजिकिएसँगै बजारमा तीजका गीत आउने क्रम बढेको छ । कोरोना भाइरस संक्रमणको त्रासले विगतका वर्षमा भन्दा केही कमी भएप नि फाट्टफुट्ट तीजका गीत आउने क्रम भने सुरु भएको हो ।

सोही क्रममा ‘बेसारे मायाले’ भाका भएको तजिको बोलको गीत सार्वजनिक भएको छ।

अमृत भारती र रमुना कार्कीको स्वरमा रहेको उक्त गीतमा शब्द तथा संगीत गायक अमृत भारतीकै रहेको छ ।

उक्त गीतमा संगीत संयोजन भने कृष्ण बीकेले गरेका छन् । विगतमा भन्दा यो वर्ष गीत निकाल्न धेरै कठिन भएको र काम गर्न पनि अफ्ठ्यारो भएको र कोरोनाको महामारीलाई विशेष ध्यान दिइ सरकरल तोकेको न्यूनतम सुरक्षाका मापदण्डलाई अवलम्बन गरेर गीतको म्यूजिक भिडियो बाहिर ल्याएको गायक भारतीले बताए ।

‘निकै मेहेनत गरेर यो गीत नेपाली संगीतप्रेमीमाझ पस्किएका छौ, आशा छ हाम्रो गीत मन पराउनु हुनेछ ।’ बेसारे गीतकी प्रस्तुतकर्ता तथा गायिका रमुना कार्कीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *