आर्थिक
प्रभु र समृद्धि क्यापिटल गाभिएर एकीकृत कारोबार सुरु
२०७७ असार २९ गते १८:२२
२९ असार, २०७७ काठमाडौं । प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिएर एकीकृत कारोबार सुरु भएको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले एकीकृत कारोबारको शुरुवात गर्नुभयो । प्रभु क्यापिटल नाम राखिएको एकीकृत कम्पनीको अधिकृत पूँजी १ अर्ब रुपैयाँ पुगेको छ ।
कम्पनीको चुक्ता पूँजी भने ८१ करोड ७१ लाख छ । मर्जरपछि पूँजी बजारमा अझ गुणस्तरीय सेवा प्रदान गरी पूँजी बजारमा महत्वपूर्ण योगदान दिने कम्पनीको विश्वास छ ।
प्रतिक्रिया