आर्थिक

धनगढीमा अत्याधुनिक सडक निर्माण गर्न एडीबीसँग ऋण सम्झौता

हिमालय टिभी
२०७७ असार २९ गते १७:४६
धनगढीमा अत्याधुनिक सडक निर्माण गर्न एडीबीसँग ऋण सम्झौता

२९ असार, २०७७ काठमाडौं । एसियाली विकास बैंकको ऋण सहयोगमा धनगढीमा अत्याधुनिक सडक निर्माणका लागि सम्झौता भएको छ ।

क्षेत्रीय शहरी विकास आयोजना र निर्माण कम्पनी कालिका कन्स्ट्रक्सन प्रालिबीच २ वर्षभित्र धनगढीका छुट्टाछुट्टै सात वटा सडक निर्माणका लागि सम्झौता भएको हो ।

सडक विस्तारका लागि धनगढीमा ६८ करोड, भिमदत्तनगरपालिकामा ८७ करोड, गोदावरीमा ४८ करोड र शुक्लाफाँटामा २४ करोड रुपैयाँ खर्च हुने छ ।

कोभिड–१९ लगायतका कारणले काममा अबरोध नभए २४ महिनामा अत्याधुनिक सडक निर्माण सम्पन्न हुने कालिका कन्ट्रक्सनले जनाएको छ ।

डिपिआरका अनुसार यी सडक सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक बत्ती, अण्डरग्राउण्ड विद्युतीकरण सहितको हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *