प्रदेश १ बाट ३३ जना कोरोना संक्रमित डिस्चार्ज

हिमालय टिभी
२०७७ असार २९ गते १३:३५
प्रदेश १ बाट ३३ जना कोरोना संक्रमित डिस्चार्ज

२९ असार, २०७७ विराटनगर । मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजको कोभिड आइसोलेशनबाट ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएकामा १८ देखि ५६ वर्ष उमेरका छन् । डिस्चार्ज हुनेमा मोरङका ५ जना, झापाका २० जना, सुनसरीका २ जना, ताप्लेजुङका १ जना, संखुवासभाका ३ जना र खोटाङका २ जना छन् ।

अस्पतालमा अब ४२ जना संक्रमित बाँकी रहेको पूर्वाञ्चल विश्वविद्यालय मेडिकल कलेजका डिन डाक्टर शैलेशमणि पोखरेलले जानकारी दिनुभयो ।

अस्पतालबाट अहिलेसम्म २ सय २७ जना डिस्चार्ज भईसकेका छन् । प्रदेश १ मा ७ सय २४ संक्रमित मध्ये ६ सय ४ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *