नदीजन्य पदार्थ विक्री हुन थालेपछि स्थानीयको विरोध

हिमालय टिभी
२०७७ असार २९ गते १३:१२
नदीजन्य पदार्थ विक्री हुन थालेपछि स्थानीयको विरोध

२९ असार, २०७७ बुटवल । तिनाउँ नदीको बाध सफाईको नाममा नदीजन्य पदार्थको विक्री हुन थालेको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् ।

बुटवल उपमहानगरपालिकाले पुलचोक कन्या ढुंगा तल १६(३६ सिचाई नहर सफा गर्ने नाममा नदीजन्य पदार्थ विक्री गरेको स्थानीयको आरोप छ । बर्खायामको समयमा जथाभावी नदीजन्य पदार्थ दोहन गर्दा त्यसको असर बस्तीमा पर्ने भएकाले दोहन सदाका लागि बन्द गरिनुपर्ने स्थानीयको माग छ ।

बाँधलाई पुरानै अवस्थामा ल्याउने गरी सुर्य किरण कन्ष्ट्रक्शन प्रालिले ७ लाख २६ हजारमा ठेक्का लिएको छ । बाँध सफा गर्दा बस्ती जोखिम हुने नभई बस्ती अझ सुरक्षित हुने उपमहानगरपालिकाको दावी छ ।

तिनाउ खोलामा अनियन्त्रित दोहन हुँदा बुटवलमा २०३८ सालमा बाढीले ठुलो क्षति गरेको थियो । जलस्रोत ऐन २०४९ अनुसार नदीजन्य वस्तु निकाल्दा उपकरण प्रयोग गर्न नपाइने प्रावधान छ तर यसको पालना भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *