आर्थिक

रुपन्देहीमा सार्वजनिक बस सेवा सञ्चालनमा

हिमालय टिभी
२०७७ असार २८ गते १८:२९
रुपन्देहीमा सार्वजनिक बस सेवा सञ्चालनमा

२८ असार, २०७७, रुपन्देही । रुपन्देहीमा सार्वजनिक बस सेवा सञ्चालनमा आएको छ । गृहमन्त्रालयले जारी गरेको सबै मापदण्ड पूरा गरेर लुम्बिनी मेट्रो सिटी प्रालिले बस सेवा शुरु गरेको हो ।

गृह मन्त्रालयले छोटो दूरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग समन्वय गरेर सञ्चालनमा ल्याउने निर्णय गरेको प्रालिले जानकारी दिएको छ ।

गृहमन्त्रालयले जारी गरेको सबै मापदण्ड पूरा सुरक्षित तरिकाले यातायात सञ्चालन गरिएको लुम्बिनी मेट्रो सिटी प्रालिले दाबी गरेको छ ।

यात्रुलाई बसमा चढाउनु अघि पिपिई लगाएका सहचालकले सेनिटाइजर र थर्मल गर्न ज्वरो जाँच गरेर मात्र बसभित्र प्रवेश दिइएको छ । सार्वजनिक यातायातका साधन सञ्चालनमा आएपछि यात्रुहरु पनि खुसी भएका छन ।

यसअघि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भने अहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्न नसकिने बताएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *