अवहेलना मुद्दामा एन्फालाई सर्वोच्च अदालतको कारण देखाउ आदेश
२८ असार, २०७७ काठमाडौं । अदालतको अवहेलना गरेको भन्दै मुद्दा खेपिरहेको अखिल नेपाल फुटबल संघ एन्फालाई सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।
अदालतको अवहेलना गरेको भन्दै अधिवक्ता सुजित केसीले एन्फाविरुद्ध दायर गरेको रिटमा सर्वोच्चले एन्फाको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो । गत असार २२ गते अधिवक्ता केसीले एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राईलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।
विचाराधीन अवस्थामा रहेपनि एन्फाले रौतहटमा गैरकानुनी रुपमा महिला फुटबल एकेडेमी निमार्ण गरेको भन्दै केसीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
गत माघमा सर्वोच्चले एकेडेमीको सम्बन्धमा भए गरेका निणयहरु कार्यान्वयन नगर्नु–नगराउनु यथास्थितीमा राख्नु भनेर अन्तरिम आदेश जारी गरेको थियो । त्यही महिना एन्फाको कार्यसमिति बैठकले एकेडेमीको विषयमा थप निर्णय गरेका कारण अवहेलनाको मुद्दा दायर गरिएको हो ।
प्रतिक्रिया