काठमाडौं । विपद् व्यवस्थापन विज्ञ तथा पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले नेपालमा प्राकृतिक प्रकोप न्यूनिकरणमा मुख्य समस्या नै राजनीतिक पार्टी र नेता भएको बताउनु भएको छ ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोज सिंह थापासँग कुरा गर्दै डा. तुलाधारले नेपालमा विपदका विषयमा रहेको धारणा नै गलत रहेको बताउनुभयो ।
साथै उहाँले त्यो धारणलाई मलजल थप्ने काम पार्टीका नेताले भोटको लोभमा गरेको दावीसमेत गर्नुभयो ।