समाज

प्रतिबन्धित भारतीय रुपैयाँसहित झापामा तीन जना पक्राउ

हिमालय टिभी
२०७७ असार २८ गते १४:३४
प्रतिबन्धित भारतीय रुपैयाँसहित झापामा तीन जना पक्राउ

२८ असार, २०७७ झापा । प्रतिबन्धित ५ सय भारतीय रुपैयाँसहित झापा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

झापा कन्काई नगरपालिका ३ का ४३ वर्षीय मौषम श्रेष्ठ, कन्काई नगरपालिका ४ का २८ वर्षीय खुर्सेद आलम र झापा गाउँपालिका ५ का २४ वर्षीय एराजुल हक पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई गोप्य सूचनाको आधारमा मौसम श्रेष्ठको घरमा लुकाई राखेको अवस्थामा भारु ५ सय दरका २ सय ८८ थान गरी १ लाख ४४ हजार बरामद गरेको छ ।

लेनदेनको क्रममा खुर्सेद आलम र एराजुल हकलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान भइररहेको झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *