कला/मनोरञ्जन

बलिउड अभिनेता अमिताभ र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण

हिमालय टिभी
२०७७ असार २८ गते ८:०४
बलिउड अभिनेता अमिताभ र छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण

२८ असार, २०७७ नयाँ दिल्ली । बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

७७ वर्षीय बच्चनले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटर तथा फेसबूकमार्फत जानकारी गराएका थिए।

कोरोना पोजेटिभ देखिएपछि आफू अस्पतालको आइसोलेसनमा बसेको जानकारी आफ्ना दिएका छन्। उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

त्यस्तै उनका छोरा तथा अभिनेता अभिषेकलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । ४४ वर्षीय अभिषेक पनि नानावती अस्पताल भर्ना भएका छन् ।

अमिताभ र अभिषेकलाई संक्रमण भएपनि परिवारका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन ।

अमिताभले आफ्नो परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेको पनि कोरोना भाइरस परीक्षण भएको जानकारी पनि गराएका थिए । पछिल्लो समय अमिताभ गुलाबो सिताबो नामक चलचित्रमा देखिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *