खेलकूद
बार्सिलोनाको स्पेनिस ला लिगा उपाधि जित्ने सम्भावना कायमै
२०७७ असार २८ गते ७:५४

२८ असार, २०७७ काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि जितको सम्भावना कायमै राखेको छ ।
रियल भालाडोलिडमाथि १(० गोलको साँघुरो जित निकाल्दै बार्सिलोनाले आफूलाई ला लिगाको उपाधि होडमा कायमै राखेको हो ।
बार्सिलोनाको जितमा अर्टुरो भिडालले गरेको गोल नै निर्णायक गोल रह्यो । भिडालले १५ औं मिनेटमा गोल गरेका थिए । लियोनल मेस्सीको पासमा भिडालले गोल गरेका थिए ।
जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी १ अंकमा झारेको छ । बार्सिलोनाले ३६ खेलबाट ७९ अंक जोड्दा एक खेल कम खेलेको रियलको ८० अंक रहेको छ ।
ला लिगा अन्तर्गत नै गएराति भएका अन्य खेलमा ओसासुनाले सेल्टा डी भिगोमाथि २(१ र एट्लेटिको मड्रिडले रियल बेटिसमाथि १(० को जित निकालेका छन् ।
प्रतिक्रिया