आर्थिक

गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, फिनिसिङको काम धमाधम (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २७ गते १७:२२
गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, फिनिसिङको काम धमाधम (भिडियोसहित)

२७ असार, २०७७ रुपन्देही । लकडाउनका बेला पनि निर्माण नरोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अब अन्तिम चरणमा पुगेको छ ।

को टर्मिनल भवन र प्रशासनिक भवनमा जडान हुने अधिकांश उपकरण आयोजना स्थलमा पुगेका छन् । ती मध्ये केही जडान हुने प्रक्रिया समेत सुरु भई सकेको छ । योसँगै बिमानस्थलको फिनिसिङ्गको काम पनि अन्तिम चरणमा पुगेको छ ।

भैरहवामा निर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि २ सय ५० स्वदेशी र ३० जना चिनियाँ कामदारले काम गरिरहेका छन् ।

आईसीबी–१ को रनवे लाइटको सामान, लिफ्ट, एसी, फ्लाइट सूचना डिस्पले, सेक्युरिटी सिस्टमका उपकरण र सामान आइसकेका छन् । बिभिन्न केबल, एप्रोन लाईट र एक्सरे मेशीन चीनको ल्हासासम्म आईपुगेका छन् ।

आइसीबी–२ अन्तर्गतका कम्युनिकेशन, नेभिगेशन र सर्भिलेन्सको काम मध्ये भिओआररडीएमई संचार उपकरण, मौसम पूर्वानुमान उपकरण आइसकेका छन् ।

अहिले पूरानो धावनमार्ग र नयाँ धावनमार्गमा बिद्युतिकरण तथा दुवै धावन मार्ग जोड्ने चौथो लिंकको काम भइरहेको छ । टायल मार्बल रंगरोगन तथा भित्री र बाहिरी तारबारका काम भइरहेका छन् । भौतिक पूर्वाधारको ९ प्रतिशत काम मात्र बाँकी रहेको आयोजनाले जनाएको छ ।

सन २०१४ को अन्तिममा शुरु भएको आयोजना निर्माणमा पाँच पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थपिएको अवधि अनुसार यहि वर्षको अन्त्यसम्म विमानस्थल तयार भइसक्नु पर्नेछ । ६ अर्ब ८२ करोड रुपैयाँको लागतमा तयार हुन लागेको यो विमानस्थलमा अन्तराष्ट्रिय दातृ निकायको ८९ र नेपाल नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ ।

विमानस्थल तयार भएपछि कतिपय अन्तराष्ट्रिय उडान पनि भैरहवाबाटै संचालन गर्न सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *