समाज

बाँके र बर्दियाका दर्जनौं गाउँ बाढीको उच्च जोखिममा, त्रासमा स्थानीय (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २७ गते १६:१०
बाँके र बर्दियाका दर्जनौं गाउँ बाढीको उच्च जोखिममा, त्रासमा स्थानीय (भिडियोसहित)

२७ असार, २०७७ बाँके । राप्ती र बबई नदीमा आएको बाढीबाट बाँके र बर्दियाका दर्जनौ गाउँ उच्च जोखिममा छन । यी गाउँमा वर्षौँदेखि जोखिम भए पनि नदी नियन्त्रण तथा बाढीको जोखिम कम गर्ने तर्फ ठोस पहल भएको छैन । तर बाढी र डुबानपछिको उद्धारका लागि भने पूर्वतयारी भइरहेको छ ।

बर्खा लागेसँगै हरेक वर्ष राप्ती र बबइ नदीमा आउने बाढीले बाँके र बर्दियाका दर्जनौँ गाउँ बगाउँछ । यो वर्षपछि यी नदीबाट बाँके र बर्दियामा डुबानको जोखिम धेरै छ । त्यसैले सशस्त्र प्रहरी बलले बाँकेको शम्सेरगन्जमा बिपद ब्यवस्थापन युनिट नै राखेर उद्धारको कामलाई अगाडि बढाउदै आएको छ ।

बाढी आएमा खोज तथा उद्धारका साथै राहातको कामलाई प्रभाबकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी र रेडक्रशका स्यमसेवी गरेर बाँकेमा ३ हजार जनालाई तयारी अवस्थामा राखिएको छ ।

बाढी आएमा खोज तथा उद्धारका साथै राहातको कामलाई प्रभाबकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी र रेडक्रशका स्यमसेवी गरेर बाँकेमा ३ हजार जनालाई तयारी अवस्थामा राखिएको छ ।

राप्ती नदीको बाढी मापन गर्न बाँकेको कुसुममा र बबई नदीको बाढी मापन गर्न बर्दियाको चेपाङमा बाढी मापन केन्द्र स्थापना गरिएको छ ।

बाढी मापन केन्द्रमा बाढी खतराको संकेत नजिक पुग्ना साथ बाढीको जोखिममा रहेका समुदाय सम्म सुचना पुराउनका लागि नदी किनाराका बस्तीहरुमा राखिएका साइरनहरु बजाउने व्यवस्था मिलाइएको छ ।

बाकेमा २५ र बर्दियामा २७ स्थानमा साइरन बजाएर सुचना दिने व्यवस्था मिलाइएको छ ।बाढीको जोखिम हुदा बजाइने ती साइरनको आबाज ५ सयदेखि एक किलोमिटर टाढासम्मको बस्तीमा सुनिन्छ ।

साइरनको आबाजसुन्दा साथ बाढीको जोखिम भएको जानकारी पाउना साथ स्थानीय बासिन्दा सचेत हुनेदेखि घर छोडेर सुरक्षित स्थान सम्म जाने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *