समाज

बाढीपहिरो र डुबानको जोखिममा प्रदेश १, तयारी भने यस्तो (भिडियोसहित)

हिमालय टिभी
२०७७ असार २७ गते १६:०२
बाढीपहिरो र डुबानको जोखिममा प्रदेश १, तयारी भने यस्तो (भिडियोसहित)

२७ असार, २०७७ विराटनगर । प्रदेश १ प्राकृतिक प्रकोप बाढी, पहिरो तथा डुबानको जोखिममा छ । प्रत्येक बर्ष पहाडी इलाकामा पहिरो र तराईका जिल्लामा बाढी र डुबानको समस्या झेल्दै आएको यो प्रदेशमा पछिल्लो पटक विपद व्यवस्थापनको तयारी भइरहेको छ ।

प्रदेश एकमा झापा, मोरङ र सुनसरीबाहेक अन्य सबै पहाडी जिल्ला छन । जसमा प्रत्येक बर्ष पहिरोको कारण ठुलो जनधनको क्षति हुने गरेको छ।

तराईका तीन जिल्लामा पनि बर्खाको समयमा हुने डुबान र कटानले धेरैको उठीबास लाग्छ । त्यसैले प्रदेश १ सरकारले बढी जोखिम भएका क्षेत्रको पहिचान गरी त्यही अनुरुपको विपद व्यवस्थापनको पूर्व तयारी थालेको छ ।

तराईका तीन जिल्लामा पनि बर्खाको समयमा हुने डुबान र कटानले धेरैको उठीबास लाग्छ । त्यसैले प्रदेश १ सरकारले बढी जोखिम भएका क्षेत्रको पहिचान गरी त्यही अनुरुपको विपद व्यवस्थापनको पूर्व तयारी थालेको छ ।

प्रदेश सरकारले प्राकृतिक प्रकोप एवं विपद् न्यूनीकरण तथा उद्दार कोषमा तीन करोड रुपैया राखेको छ । सरकारले हालै ५० लाख रुपैयाँ बराबरको विपद् न्यूनीकरण र उद्धारका सामग्री खरिद गरेको छ ।

प्रदेश सरकारले पहाडी जिल्लामा ५ सयको दरले र तराईका जिल्लामा १ हजारका दरले त्रिपाल पठाएको छ । सुरक्षा निकाय, प्रादेशिक र स्थानीय समितिको समन्वयमा उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गर्न व्यवस्थित पूर्व तयारी एवं प्रतिकार्य योजना बनाएर सरकार जोखिम न्यूनिकरणका लागि जुटेको छ ।

तीन बर्ष अघि मोरङमा बाढीका कारण धेरै नै क्षति भएको थियो । र त्यो जोखिम अहिले पनि उतिकै छ । त्यसैले बर्खाको समयमा हुन सक्ने प्राकृतिक विपत्तिको पूर्व अनुमान गरी आवश्यकमा तयारी जुट्न प्रदेश सरकार र स्थानीय सरकार पनि चुक्न हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *